शनिबार, साउन ९ २०८३
ताजा अपडेट

इरानको राष्ट्रिय महिला फुटबल टिममा पुरुष खेलाडी खेलेको भन्दै लैंगिक जाँचको माग !


  • बिहिबार, मंसिर २ २०७८
10.6K
SHARES

फाइल तस्विर

इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको भन्दै ती खेलाडीको लैंगिक जाँच गर्न माग गरिएको छ।

इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लैंगिक जाँचको माग गरेको हो।

उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन्।

जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टिममा पुरूष गोलकिपर खेलाएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) सँग उनको लैंगिक अवस्था पुष्टि गर्न माग गरेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा