शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एम्बाप्पे चम्किँदा फ्रान्सको ८ गोल, विश्वकपमा छनोट


  • आइतबार, कार्तिक २८ २०७८
10.4K
SHARES

फाइल तस्विर

साबिक विजेता फ्रान्सले काजाकिस्तानमाथि गोल वर्षा गर्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गर्न सफल भएको छ । खेलमा फ्रान्सका लागि पहिलो ह्याट्रिक गरेका किलियान एम्बाप्पे नायक रहे । फ्रान्सले खेलमा गरेका ८ मध्ये ४ गोल उनैले गरे ।

खेलको छैटौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका एम्बाप्पेले १२ औँ र ३२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको अन्त्यतिर उनले चौथो गोल गरे । कुनै पनि प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कुनै पनि खेलाडीले ह्याट्रिक गरेको सन् १९८५ पछि यो पहिलो थियो । त्यतिबेला डोमिनिक रोचेटेउले ह्याट्रिक गरेका थिए ।

खेलमा करिम बेन्जेमाले दुई तथा एडरियन राबियोट र एन्टोनी ग्रिजमानले एक–एक गोल गरे । जीतसँगै फ्रान्स समूह डीको शीर्ष स्थानमा रहने पक्का भएको छ । एक खेल बाँकी छँदा फिनल्याण्ड ११ अंकसहित दोस्रो स्थानमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा