अंशु फातीको गोलमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा वेडिनामो किभलाई १-० ले पराजित गरेको छ ।
समूह ई मा लगातार दोस्रो जितपछि बार्सिलोनाले ६ अंक जोडेको छ । त्यसअघिका दुई खेलमा बार्सिलोनाले लगातार हार बेहोरेको थियो ।
डिनामो किभको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि फातीले ७०औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितपछि बार्सिलोना चार खेलबाट ६ अंकसहित समूह ई को दोस्रो स्थानमा छ । साथै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । यस समूहमा लगातार चार खेल जित्दै बायर्न म्युनिखले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।