शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

आगामी साफ च्याम्पियनसिप जित्नेसँगै २०२७ को एशियन कपमा छनौट हुनेछौं : अल्मुताईरी


  • सोमबार, कार्तिक १५ २०७८
8.7K
SHARES

फाइल तस्विर

नेपाली राष्ट्रिय टोलिका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो आगामाी योजना आगामी संस्करणको साफ च्याम्पियनसिपको उपाधि दिलाउनु रहेको बताएका छन् ।

प्रशिक्षक अल्मुताईरीले आगामी संस्करणको साफ च्याम्पियासिपको उपाधि र सन् २०२७ को एशियन कपमा पुर्याउनु रहेको बताएका हुन् ।

उनले आफ्नो कार्यकालमा कुनै समस्या नआए र सकारात्मक सोचले अघि बढेमा सन् २०२७ मा आयोजना हुने एशिया कपमा नेपाल छनौट हुने जिकिर गरे । तर सन् २०२३ कैं एशियन कपमा भने छनौट हुने बारेमा प्रतिबद्धता जनाउन नसक्ने बताए ।

‘हामी साफको फाईनलमा पुग्यौ र अब अर्काे संस्करणको फाईनल जित्नेछौ’,अल्मुताईरी भने,‘सन् २०२३ को एशियन कपमै छनोट हुन्छौ भने म बाचा गर्न सक्दिन तर कुनै समस्या नआए र सकारात्मक सोचले अघि बढेमा सन् २०२७ मा हुने एशियन कपमा नेपाल छनौट हुनेछ ।’

अल्मुताईरीले कतार फुटबल संघको सहयोगमा एन्फा र आफूबिच ५ वर्षको कार्य सम्झौता रहेको बताए । उनले शुरुवाती चरणमा तीन वर्षको सम्झौता रहने र सबै सोचे अनुरुपको रहेमा दुई वर्ष नविकरण गर्न सहमति भएको जिकिर गरे ।

उनले विगतका तीन महिनामा भएका समस्या र घटनाक्रमहरु बिर्सिएर नयाँ ढंगले अघि बढ्न आफू पुन नेपाल फर्किएको जिकिर गर्दे अब अन्य विषयमा भन्दा आफ्नो काममा ध्यान केन्द्रित गर्ने बताए ।

उनले साफ च्याम्पियनसिपको दौरान आफू र सम्पूर्ण टिमलाई प्रोत्साहित गर्न सहयोग गरेकोमा नेपाली समर्थक प्रति कृतज्ञता समेत प्रकट गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा