शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपालको लज्जास्पद हार,एशियन कप खेल्ने सम्भावना सक्कियो


  • शुक्रबार, कार्तिक १२ २०७८
8.6K
SHARES

फाइल तस्विर

एएफसी अण्डर २३ एशियन कप छनौटमा नेपालले लगातार दोश्रो हार ब्यवहोरेको छ ।

ताजकिस्तानको दुसान्बेस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा बिहिबार राति सम्पन्न एशियन कप छनौट अन्तर्गत समूह बी को दोश्रो खेलमा नेपालले आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरको हार खेपेको हो ।

ताजिकिस्तानको जितमा शेरवोनी माबात्सोब,साराफ्जोन सोलेखोब,रुस्तम सोइरोभ,भाह्दात होनोनोभले एक एक गोल गरे । ताजिकिस्तानले आफ्नो जितमा खेलको पहिलो हाफमा ३ तथा दोश्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको २४औं मिनटमा शेरवोनीले गोल गर्दै ताजिकिस्तानलाइ शुरुवाती अग्रता दिलाएका थिए । खेलको ३२औं मिनटमा साराफ्जोनको गोलमा नेपालबिरुद्ध २–० गोल अन्तरको अग्रता कायम गरेको थियो ।

यसपछि खेलको ३९औं मिनटमा रुस्तमको गोलमा ताजिकिस्तानले पहिलो हाफमा ३–० गोल अन्तरको अग्रता बनाएको थियो । पहिलो हाफमा खराब प्रदर्शन गरेको नेपालले दोश्रो हाफमा पनि लय समात्न सकेन ।

खेलको ६१औं मिनटमा गोल गर्दै ताजिकिस्तानले ४–० को अग्रता बनाएको थियो भने ६८औं मिनटमा ताजिकिस्तानका भाह्दातले गोल गर्दै नेपालमाथि ५–० गोलको अग्रता दिलाएका थिए । यसपछि ७१औं मिनटमा ताजिकिस्तानले पुनः अर्काे गोल गर्दै ताजिकिस्तानले नेपाललाई ६–० गोल अन्तरले हरायो ।

योसँगै नेपालले प्रतियोगितामा लगातार दोश्रो ठूलो हारको सामना गर्न पुग्यो । हारसँगै नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना सक्किएको छ ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल ईरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा