फ्रेन्च लिग वानको लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
१० खेलाडीमा सीमित पीएसजीले सोमबार भएको खेलमा मार्सेसँग गोलरहित बराबरी खेलेको हो । मेसी, नेयमार र एम्बाप्पे सम्मिलित खेलमा पीएजसीले बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा पीएसजी आक्रमक बने पनि गोल भने गर्न सकेन ।
मार्सेले पीएसजीको पोस्टमा १५ वटा उत्कृष्ट सट प्रहार गरेको थियो । पीएसजी खेलको ५७औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । आर्चफ हाकिमी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
बराबरीसँगै पीएजीले शीर्ष स्थानमा रहँदै सात अंकको अग्रता बनाएको छ । लिगमा ११ खेल खेलेको पीएसजीले २८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लेन्सको २१ अंक छ । मार्से १० खेलबाट १८ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।