शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रोनाल्डोकै बेइज्जत हुने गरी लिभरपुले होम ग्रउण्डमै गर्‍यो युनाइटेडको राम धुलाइ !


  • आइतबार, कार्तिक ७ २०७८
12.3K
SHARES

फाइल तस्विर

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा रोनाल्डोकै बेइज्जत हुने गरी लिभरपुले होम ग्रउण्डमै युनाइटेडको ०–५ गोल अन्तरले राम धुलाइ गरेको छ ।

आज राति भएको सिजनको पहिलो लिग खेलमा पाहुना टोली लिभरपुलले युनाइटेडलाई उसकै घरेलु मैदानमा ०–५ को फराकिलो अन्तरमा बेइज्जतीपूर्ण हार चखाएको हो । दुई वर्षअघिको लिग च्याम्पियन लिभरपुललाई ओल्ड ट्राफोर्ड रंगशालामा रवाफिलो जित दिलाउन मोहमद सालाहले रोमाञ्चक ह्याट्रिक गोल गरे।

घरेलु टोली युनाइटेड खेलको ६०औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो ।

आफ्नो मैदानमा युनाइटेड खेलको १३औं मिनेटभित्रै ०–२ ले पछि परेको थियो । पहिलो हाफमा युनाइटेड ०–४ ले पछि परेको थियो ।

युनाइटेडले प्रिमियर लिग इतिहासमै पहिलोपटक पहिलो हाफमा ४ गोल खाएको हो । ओल्ड ट्राफोर्डमा युनाइटेडको धुलाइ गर्नेक्रममा पहिलो गोल पाँचौं मिनेटमै केइटाले गरेका थिए । त्यसपछि क्रस पासमा १३औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि लिभरपुलले ०–२ को अग्रता बनायो ।

त्यसपछि इजिप्टिएन फरवार्ड सालाहले लगातार ३ गोल ठोकेर आफ्नो ह्याट्रिक पूरा गरे ।  उनले पहिलो गोल ३८औं मिनेटमा गरे भने पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले पहिलो हाफमा युनाइटेडलाई ०–४ ले पछि पारेको थियो ।

त्यसपछि दोस्रो हाफ सुरु भएको ५ मिनेटमै सालाहले व्यक्तिगत तेस्रो गोल गरेर आफ्नो ह्याट्रिक पूरा गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा