शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ब्राजिलको पुनरागमन जित, अर्जेन्टिना बराबरीमा रोकियो


  • शुक्रबार, असोज २२ २०७८
10.5K
SHARES

फाईल तस्बिर

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई ३-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।

खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए । ७० मिनेटसम्म अग्रता कायम राखेपनि त्यसपछि ब्राजिलले ३ गोल फर्कायो ।

७१औं मिनेटमा मार्क्विन्होसले ब्राजिलका लागि बराबरी गोल गरे । गाब्रिएल बारबोसाले ८५औं र एन्टोनीले इन्जुरी टाइममा गोल गरेपछि ब्राजिलले जित हात पारेको हो ।

छनोटमा लगातार ९ खेल जितेको ब्राजिल शतप्रतिशत नतिजासहित २७ अंक जोडेर शीर्ष स्थानमा छ ।

भेनेजुएला १० खेलबाट ४ अंकसहित १०औं स्थानमा छ ।

यस्तै अर्को खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

छनोटमा चौथो बराबरी खेलेको अर्जेन्टिना ९ खेलबाट ५ जित र ४ बराबरीको नतिजासहित १९ अंक जोडेर दोस्रो स्थानमा छ । पाराग्वे १० खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ ।

अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उरुग्वे १० खेलबाट १६ अंकसहित चौथो र कोलम्बिया १४ अंकसहित पाँचौ स्थानमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा