साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको नेपाल दोस्रो खेलमा पनि सोही अनुसार तीन अंक हासिल गर्दै लिग अंक तालिकामा बलियो बन्ने ध्याउनमा छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध निश्चित जितका लागि नेपालले प्रदर्शन गर्ने बताए। उनले प्रि–म्याच कन्फ्रेनसमा श्रीलंकाविरुद्धको खेल सहज नहुने तर नेपाल संयमित भएर खेल्ने बताए।
उनले भने, ‘लंकाविरुद्ध हामिलाई स्वभाविक रुपमा मुस्किल पर्ने छ। तर हामी उसलाई असफल पार्दै जित निकाल्ने छौं।’ प्रशिक्षक अलमुताइरीले खेलाडीले ३ अंकका लागि पुरै जोड लगाएर खेल्ने विश्वास ब्यक्त गरे। उनले श्रीलंका र बंगलादेशको खेलमा श्रीलंका पेनल्टीका कारण मात्र पराजित भएको भन्दै कमजोर नआँक्ने बताए।
साथै उनले रातो कार्ड पाएपनि श्रीलंका दबावमा नआई खेलेकाले नेपाल सोही अनुसार तयार हुनु पर्ने बताए। यद्दपि उनले उनीहरूको आक्रमक्ताको फाइदा उठाउँदै १० खेलाडीमा सिमित गर्न सकिने समेत बताए।
श्रीलंका वरीयतामा नेपाल भन्दा पछि रहेपनि खेलमा बरियता भन्दा मैदानको प्रदर्शनले फरक पार्ने बताए। अलमुताइरीले भने, ‘हाम्रो लागि हरेक खेल पहिलो खेल जस्तै हुने छ।
श्रीलंकाविरुद्धको खेल पनि पहिलो खेलकै रुपमा रहने छ।’ नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंकाविरुद्धको खेल नेपालका लागि धेरै अर्थमा महत्वपुर्ण हुने बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।