शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

के वीर्य निल्दा गर्भ रहन्छ ?


  • आइतबार, असोज १० २०७८
17K
SHARES

फाईल तस्बिर

एजेन्सी- वीर्य निलेको भरमा गर्भ त रहँदैन, तर मुखमैथुनका पारखीले गुदद्वार मैथुन र योनि मैथुन पनि गर्ने हुँदा यी सबै मैथुन एकै सेटिङमा हुन गएको खण्डमा गर्भ रहन गयो भने भ्रम पैदा हुन सक्छ। वीर्य पनि अन्य खाद्यवस्तु जस्तै हो।

यदि वीर्य पिएको वा निलेको खण्डमा घाँटी, खाद्य नली हुँदै पेट (आमाशय) मा पुग्दा त्यहाँ रहेको अम्लले यसलाई पनि पचाउने हुनाले निलेको वीर्यका कारण गर्भ रहने सम्भावनै हुँदैन। तर, पुरुष पार्टनर कतिपय यौनरोगबाट संक्रमित छ भने निलेको वीर्यमा रहेको धातुमेहका कीटाणु तथा क्लेमिडियाका कारण घाँटीको संक्रमण हुनसक्छ।

यसका साथै यदि महिला पार्टनरको मुखमा आलो घाउ छ भने एचआईभी सर्ने सम्भावना पनि प्रबल हुन्छ।

यौन सम्पर्क वा हस्त मैथुनका कारण वीर्य स्खलन भएन भने पनि शरीरभित्रै वीर्य बन्ने र नष्ट हुनै क्रम जारी नै हुन्छ।सामान्यतया एकपल्ट वीर्य स्खलन हुँदा तीनदेखि पाँच मिलिलिटर वीर्य निस्कन्छ र यसमा शुक्रकीटको संख्या चारदेखि १२ करोडसम्म हुन्छ। वीर्यको सानो अंश मात्र शुक्रकीट हुन्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा