शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

यस्ता छन् तातोपानी पिउनुका दश फाइदा !


  • बुधबार, पुष ७ २०७८
12.9K
SHARES

फाइल तस्विर

पानी स्वास्थ्यको लागि निकै उपयोगी पदार्थ हो । मनतातो पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइएको छ । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाइदा जनक मानिन्छ । राम्रो स्वास्थ्यको लागि दिनभरमा आठ–दश लिटर पानी पिउनुपर्ने बताइन्छ ।

तर, खासगरी बिहानको समयमा चिसोको साटो तातोपानी पिएमा मात्र ज्यादा लाभ मिल्ने विज्ञको सुझाव छ । तातोपानीले शरीरभित्र जमेर रहेको विषालु तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ । साथै तौल घटाउन पनि यसले रामवाणकै काम गर्छ । हेल्थ एक्सपर्टका अनुसार शारीरिक क्रिया दुरुस्त राख्नको निम्ति गरम पानीको अहम् भूमिका हुन्छ ।

तातोपानीका फाइदाहरु
१. सामान्य पानी जसरी मानिसको स्वास्थ्यको लागि आवश्यक पर्छ, त्यस्तै तातोपानी पनि स्वास्थ्यका लागि निकै आवश्यकता पर्छ तर तातोपानीले शरीरलाई निकै फाइदा पुग्छ ।

२. तोतोपानीमा स्नान गर्नु थकाई मेटाउने निकै आरामदायी साधन हो । तातोपानीले छालालाई निखार्ने मात्रै होइन छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले निकै फाइदा गर्छ ।

३. सबैलाई थाहा छ की तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्छ । त्यसैमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ ।

४. यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ ।

५. यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखिनुहुनेछ ।

६. तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।

७. मनतातोपानीको साथै कागती र मह मिसाएर पिउनुभयो भने तपाईंको रोग प्रतिरोधक क्षमता निकै बढ्ने गर्छ ।

८. चिसो पानीलाई मृगौलाको लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।

९. मनताता पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ । मनतातो पानी जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ । भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्ने जनाइएको छ । चिसो पानी भन्दा निकै गुण बढी फाइदा जनक तातोपानी हुने गरेको छ ।

१०. स्वास तथा मृगौला सम्बन्धी रोगभएको व्यक्तिले चिसो पानी पिउनु फाइदा जनक हुँदैन । त्यसैले तातोपानी निकै फाइदाजनक मानिन्छ । चिसो मौसममा चिसो पानी पिउनु हुँदैन । मन तातो पानी पिउनुहोस् भविष्यमा हुने रोगबाट बाँच्नुहोस् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा