शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

यी १० खानेकुरा जसले यौन क्षमतामा कमी आउन दिँदैन !


  • बुधबार, पुष ७ २०७८
13.9K
SHARES

फाइल तस्विर

यौन जीवन मानवको अभिन्न कुरा हो । यौन सृष्टिको आधार हो । यौन बिना सृष्टि सम्भव छैन । यौन चाहाना काम भएकै कारण कयौँ मान्छेको घर बारमा समस्या आउने गर्छ । हाम्रो समाजमा यौनका कुरा खुलेर गरिँदैन । आज हामी तपाईँलाई यस्ता खानेकुराहरूको बारेमा बताउँदै छौँ जसले तपाईँको सेक्स ड्राइभ अर्थात् यौन इच्छा बढाउन सहयोग गर्नेछन् ।

१. फर्सीः फर्सीको नियमित सेवनले पुरुषहरुमा यौन क्षमता बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ । फर्सीको बियाँमा सरीरलाई आवश्यक ट्रिप्टोफ्यान नामक एमिने एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा सरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । जुन मानिसमा यौन क्षमता वृद्धिमा महत्वपूर्ण हुन्छ ।

२. चकलेटः चकलेटलाई रोमान्टिक गिफ्ट पनि मानिन्छ । यसको वैज्ञानिक कारण  छ । किनकी चकलेटमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ । चकलेटको सेवनले सरीरबाट मूड जगाउने रसायनको उत्पादन हुन्छ । जसका कारण मानिसमा यौनेच्छा प्रकट हुन्छ ।

३. दालचिनीः दालचिनीले मानिसमा यौनेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ, खासगरी पुरुषमा । तसर्थ दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु अति उत्तम हुन्छ ।

४. खरबुजाः खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पर्याप्त पाइन्छ । खरबुजालाई यौनबर्द्धक पनि मानिन्छ । फलफूलमा यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

५. पालुंगोः पालुंगोको सेवनले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाउँदछ र मूड पनि राम्रो बनाइदिन्छ । यसमा पाइने म्याग्नेसियम लगायतका लवणले रक्तनली सुन्निने समस्या हटाइदिन्छ जसका कारण रक्तप्रवाह बढ्दछ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ ।

नियमित रुपमा पालुंगोको सागको सेवन गर्ने महिलामा चरम आनन्द छोटो समयमै प्राप्त हुने शोधकर्ताहरु बताउँछन् ।

६. खुर्सानीः खुर्सानीले उपापचयनलाई बढाइदिन्छ । जसका कारण इन्डोफिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट सरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्दछ । यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्तप्रवाह बढ्न जान्छ ।

७. ग्रिन टीः ग्रिन टी मा क्याटेचिन्स नामक यौगिक पर्याप्त मात्रामा पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । साथै यो यौगिकलेे यौनांग क्षेत्रमा रक्तप्रवाह बढाएर यौनेच्छामा वृद्धि गर्ने काम गर्दछ । यसले रक्तनली तथा कोशिकाहरुमा क्षति पूराउने पि|m रेडिकल्स नष्ट गर्न पनि सहयोग गर्दछ ।

८. अदुवाःअदुवाले पनि रक्तप्रवाह बढाउने तथा धमनीहरुलाई स्वस्थ राख्नमा सहयोग पूराउँदछ जसका कारण मानिसको यौन इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।

९.केराः केरा पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत हो । उच्च सोडियमयुक्त खानेकुराले सरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले नुनको खराब असर घट्न जान्छ र रक्तप्रवाहमा वृद्धि हुन्छ ।

१०. आलुः आलुमा पनि पर्याप्त मात्रामा पोटासियम पाइन्छ । यसले रक्तप्रवाह बढाउँदछ । जुन स्वभावतः यौनक्षमता वृद्धिमा सहयोगी बन्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा