अफगानिस्तानको जुनियर महिला फुटबल टिमका खेलाडीहरु पाकिस्तान पुगेका छन् ।
अफगानिस्तानमा तालिबान सरकारले सक्ता कब्जामा लिएपछि यी खेलाडीहरुले तीन साताअघि नै अफगानिस्तान छाड्ने प्रयास गरेको थिए ।
तीन साताअघिको प्रयासबाट असफल भएपछि काबुलमा लुकेर बसेका खेलाडीहरु बुधबार पाकिस्तान पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यम जनाएको छ ।
पाकिस्तान फुटबल महासंघका एक वरिष्ठ अधिकारी उमर जियाले बुधवार धेरै जुनियर टोलीका महिला खेलाडी, प्रशिक्षक र परिवारका सदस्यहरु सहित ८१ जना व्यक्ति पाकिस्तान गए बताएका छन् । यस्तै उनले थप ३४ जना बिहीबार पाकिस्तान जाने जनाएका छन् ।
पाकिस्तानका सूचना मन्त्री फवाद हुसेन चौधरीले अफगानिस्तानका फुटबल खेलाडीलाई तोर्खाम बोर्डरमा बसबाट ओर्लिएपछि स्वागत गरेको जानकारी दिएका छन्। उनीहरूसँग अफगानिस्तानको पासपोर्ट भएको र पाकिस्तानले भिसा दिएको म्नत्री चौधरीको भनाइ छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।