शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेयर बजारमा लहडमा लगानी गरेका धेरैले आत्महत्या गर्नुपर्ने अवस्था आउनसक्छ : पूर्व गभर्नर


  • शनिबार, भाद्र २६ २०७८
10.1K
SHARES

फाइल तस्विर

नेपाल राष्ट्रबैंकका एक पूर्व गभर्नरले नेप्से परिसूचक ७०० भन्दा माथि पुग्नु नै अस्वभाविक भएको भन्दै सुन्निएको बजारमा उचालिएर लगानी गर्नेहरुले आत्महत्या गर्नुपर्ने अवस्था आउनसक्ने दाबी गरेका छन् ।

केन्द्रीय बैंकका पूर्व गभर्नर तथा विश्लेषक दीपेन्द्रबहादुर क्षेत्रीले यस्तो दाबी गरेका हुन् । अहिलेको बजार भनेको निश्चित ठूला खेलाडीहरुले सानालाई लुट्न सुनियोजित ढंगले सिर्जना गरेको ट्रयाप मात्र हो ।’ क्षेत्रीले भनेका छन –‘अरिंगालले टोकेर सुन्निएको जिउ जस्तो मात्र हो अहिलेको बजार । हेर्दै जानुहोला यो बजारले धेरैलाई डूबाउनेछ ।’

उनले नेपालको सेयर बजारमा सहभागी कम्पनीहरुको अवस्था हेर्दा नेप्से परिसूचक ७०० सम्म पुग्नु मात्र स्वभाविक देखिने पटक–पटक दाबी गरे । ‘एकपटक त घटेर ५०० सम्म पनि पुगेको थियो, अहिले त बढाइएर ३२०० पुगेको छ ।’ उनले भने–‘यता अर्थतन्त्र सुस्त छ, उत्पादन सुस्ताएको छ, रोजगारीको अवस्था शून्यप्राय छ । अनि बजार चाहिँ कसरी ३२०० पुग्छ ? यो पूर्ण नमिल्दो र अस्वभाविक देखिन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा