शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गरिने


  • बुधबार, असार २४ २०८३
1.3K
SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाको वर्गीकरण गर्न केन्द्रीय बैंकले अहिले अध्ययन गरिरहेको छ । केन्द्रीय बैंकले हाल रहेका पूर्वाधार बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त वित्तीय संस्था र विभिन्न पेन्सन फन्डलाई वर्गीकरण गर्न अध्ययन गरिरहेको हो ।

यी संस्थाहरुले गर्ने काममा समानता देखिएपछि केन्द्रीय बैंकले वर्गीकरण गरेर कार्यक्षत्र तोक्न अध्ययन सुरु गरेको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको वर्गीकरणका सम्बन्धमा भइरहेको अध्ययन सम्पन्न गरी सो अनुरुप बैंक तथा वित्तीय संस्था र गैरबैंक वित्तीय संस्थालाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार प्रोत्साहन गर्ने नियामकीय व्यवस्था क्रमशः लागु गरिने उद्घोष गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा