शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

युनाइटेडसंग रोनाल्डोले गरे २ वर्ष सम्झौता


  • मंगलबार, भाद्र १५ २०७८
10.7K
SHARES

फाइल तस्बिर

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका छन् ।

विश्व चर्चित स्टार फुटबलर रोनाल्डोलाई युनाइटेडले मंगलबार युभेन्ट्सबाट अनुबन्ध गरेको जानकारी गराएको छ ।

म्यानचेस्टर युनाईटेड एक क्लब हो जसले मेरो हृदयमा विशेष स्थान पाउछ । सम्झौतापछि खुसी व्यक्त गर्दै रोनाल्डोले भने-‘ओल्ड ट्राफोर्डमा खेल्नको लागि म प्रतिक्षा गर्न सक्दिन, म अन्तराष्ट्रिय खेलपछि टिमसँग जोडिनेछु । मलाई आशा छ हाम्रो सिजन सफल हुनेछ ।’

रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका हुन् । ३६ वर्षीय रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन । रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत दिईएको म्यान्चेष्टर युनाईटेडले जनाएको छ ।

यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए । पाँच पटकको बालोन डीु ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए । रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए ।

रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स पुगेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा