अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले फ्रेन्च क्लब पिएसजीमा डेब्यू गरेका छन्। उनले आइतबार राति भएको रेइम्सविरुद्धको खेलमा डेब्यू गरेका हुन्। उनी नेइमारको स्थानमा खेलको ६६ मिनेटमा ३० नम्बरको जर्सी लगाएर मैदान छिरेका थिए।
स्पेनिस क्लब बार्सिलोनामा दुई दशक बिताएपछि मेसी यो सिजन पिएसजीमा आबद्ध भएका थिए। जसका कारण मेसीले आफ्नो करिअरमा बार्सिलोनापछि दोस्रो क्लबबाट खेले।
मेसीले डेब्यू गरेको खेलमा पिएसजीले २-० को जित निकाल्यो।
पिएसजीका लागि दुवै गोल एमबाप्पेले गरे। उनले खेलको १६ र ६३ मिनेटमा गरी दुई गोल गरेका हुन्।
फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पिएसजीको यो लगातार चौथो जित हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।