शनिबार, साउन ३० २०८३
ताजा अपडेट

दोस्रो टेस्टमा भारतले इङ्ग्ल्याण्डलाई हरायो


  • मंगलबार, भाद्र १ २०७८
10.3K
SHARES

फाईल तस्बिर

भारतले दोस्रो टेस्टमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ । लर्डस मैदानमा खेलिएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५१ रनले हरायो । जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीपछि भारतले इङ्ग्ल्याण्डसामु जीतका लागि २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ग्ल्याण्डको टोली १२० रनमा अलआउट भयो ।

इङ्ल्याण्डलाई सस्तोमा समेट्न मोहम्मद सिराजले ४ विकेट लिए । उनीले जस बटलर, मोइन अली, स्याम करन र जेम्स एन्डरसनलाई आउट गरे । उता, बुमराहले ३, इशान्त शर्माले २ र शमीले १ विकेट लिए । भारतका तीव्र गतिका बलरहरुले दुई पारीमा कूल १९ विकेट लिए ।

पहिलो पारीमा लोकेश राहुलले १२९ रन बनाएका थिए । उनी म्यान अफ द म्याच चुनिए । ट्रेन्ट ब्रिजमा खेलिएको पहिलो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको थियो ।

भारत र इङ्ग्ल्याण्डबीच हालसम्म १२८ टेस्ट खेल भएका छन् । यसमध्ये भारतले ३० र इङ्ग्ल्याण्डले ४८ खेलमा जीत हासिल गरेका छन् । ५० खेल बराबरी भएका छन् । इङ्ग्ल्याण्डमा नै दुई टोलीबीच ६४ खेल खेलिएका छन् । जसमध्ये भारतले ८ र इङ्ग्ल्याण्डले ३४ खेल जितको छ भने २२ वटा बराबरी भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा