शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आइतबार रोनाल्डो मैदानमा उत्रदा मेस्सि नहुने


  • आइतबार, साउन २४ २०७८
13.9K
SHARES

बार्सिलोना र युभेन्ट्सबिच हुने जोआन गाम्पर ट्रफिको खेलमा  मेस्सि र क्रिष्टियानो रोनाल्डाबिचको भिडन्त देख्न नपाइने भएको हो । ।

बार्सिलोना र मेस्सिबिच सम्झौता नविकरण सम्भव नभएपछि मेस्सि बार्सिलोना त्याग्न बाध्य भएका थिए ।

बार्सिलोनाले आइतबार युभेन्ट्ससँग जोआन गाम्पर ट्रफि अन्तर्गतको खेल खेल्दैछ जसमा क्रिष्टियानो रोनाल्डो मैदानमा उत्रदा बार्साका तर्फबाट मेस्सि देखिनै छैनन् ।

लामो समयदेखि प्रतिक्षारत रहेको मेस्सि र रोनाल्डोबिचको भिडन्त सम्भव नभएपछि फुटबल समर्थकहरुमा निराशपना देखिएको बेलायतको एक सर्वेक्षणले समेत देखाएको छ ।

यसैबिच युभेन्ट्सबिरुद्ध हुने जोआन गाम्पर ट्रफिको खेलमा बार्सिलोनाले जर्सि नम्बर १० प्रयोग नगर्ने भएको छ ।

बार्सिलोना र युभेन्ट्सबिचको जोआन गाम्पर ट्रफिको खेल आइतबार राति सबा एक बजे हुनेछ । यो बार्साको स्पेनिस लालिगाअघि अन्तिम मैत्री खेल हुनेछ ।

यस खेलका लागि बार्साले खेलाडीहरुको जर्सि नम्बर सार्वजनिक गरेको छ जहाँ उसको पूर्व लिजेण्डरी खेलाडी लियोनल मेस्सिले प्रयोग गर्ने १० नम्बरको जर्सि सूचीमा छैन । यसको अर्थ युभेन्ट्बिरुद्धको खेलमा बार्साका कुनै पनि खेलाडीले जर्सि नम्बर १० प्रयोग गर्ने छैनन् ।

बार्साले आगामी सिजनका लागि मेस्सि बिना नै अभ्यास र प्रशिक्षण शुरु गरिसकेको छ । मेस्सि बिना बार्साले युभेन्ट्ससँग खेल्दै आफ्नो नयाँ अध्याय शुरु गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा