बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई १० दिनको विश्राम दिइएको छ ।
साफ च्याम्पियनसिप तथा एसियन कप २०२३ को तेस्रो चरणको छनौटको खेलको तयारीको लागि नेपाली टिमले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा प्रशिक्षण गर्दै आएको थियो ।
बन्द प्रशक्षिणका लागि पहिलो चरणमा ५० खेलाडी छनौट गरेका प्रशिक्षक अलमुताइरीले ५० खेलाडीमा दोस्रो चरणमा ३६ खेलाडी छनौट गरेर प्रशिक्षणई निरन्तरता दिँदै आएको थियो ।
साफ च्याम्पियनसिपको मिति केहि पछि सरेसँगै बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले पनि केहि दिन विश्राम दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । १० दिनको विश्रामपछि भने राष्ट्रिय टिमको बन्द प्रशिक्षण पोखरा रंगशालामा हुने बताइएको छ ।
केहि दिन अघि मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले आफुलाई राजिनामा दिन बाध्य गराएको अरोपसहित उनले आफ्निो आधिकारिक फेसबुक पेजमार्फत प्रशिक्षक पदबाट राजिनामा दिएको जनाएको थियो ।
प्रशिक्षकको राजिनामा प्रकरणले केही दिन राष्ट्रिय टिमको प्रशिक्षण रोकिएको थियो भने प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षणमा उपस्थित भएका थिएनन् । उनी शनिबार खेलाडीबिचको मैत्रीपुर्ण खेलका लागि भने मैदानमाम देखिएका थिए ।
उपाध्यक्ष नेम्वाङ र प्रशिक्ष अलमुताइरीबिचको बिबादको सत्यता छानबिनका लागि एन्फाले शुक्रबार आपतकालिन बैठक संचालन गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।