समूह ‘डी’ को बिजेता बन्दै ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा ब्राजिलको यू-२३ टिमले साउदी अरेबियाको यू-२३ टिमलाई ३-१ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेको हो ।
ब्राजिलको जितमा रिचार्लीसनले दुई गोल गरे । यस्तै म्याथुएसले एक गोल गरे । साउदीका अब्दुलाह अल अम्रीले एक गोल फर्काए ।
यस समूहबाट आइभरी कोष्टले अन्तिम आठमा स्थान बनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।