युरोकपको फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको हो ।
बेम्बली रंगशालामा खेलको दोस्रो मिनेटका लुक शाले गोल गरेका हुन् । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रत दिलाएका हुन् ।
आजको खेलबाट इङ्गल्यान्ड इतिहास रच्ने दाउमा छ । ५५ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा पुगेको यो टोलीले यसअघि १९६६ मा विश्वकपको फाइनल जितेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।