शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

अर्जेन्टिनाको जितमा डि मारिया नायक


  • आइतबार, असार २७ २०७८
12.3K
SHARES

फाइल तस्विर

सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।

मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।

ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए। पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन।

खेलको ५२ मिनेटमा ब्राजिलका रिचार्लीसनले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए।  ५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए।

खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए। अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो। पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो।

त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगे पनि उपाधिबाट बन्चित हुँदै आएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा