चार पटकको विश्व विजेता इटलीले युरोकप फुटबलको उपाधि भने एकपटक मात्रै जितेको छ– सन् १९६८ मा । यतिबेला यो प्रतियोगिता इटलीमै आयोजना भएको थियो ।
यसपटकको संस्करणमा विभिन्न ११ शहरमा युरो कपका खेलहरु खेलाइएको छ । त्यसमध्ये इटलीको रोम एक हो । इटलीले आफ्ना सबै समूह चरणका खेलहरु यही नै खेल्यो ।
क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३२ खेलसम्म पुर्याएर नयाँ इतिहास रचेको छ ।सेप्टेम्बर २०१८ यता इटली अपराजित छ ।
सर्वाधिक लामो अपराजित यात्राको दौडमा यसअघि इटली र अर्जेन्टिना समान ३१–३१ खेलसहित तेस्रोमा थिए ।
अर्जेन्टीनाले ९० को दशकमा राखेको यो कीर्तिमानलाई इटलीले बेल्जियमविरुद्धको जीतपछि भर्खरै उछिन्यो । सर्वाधिक लामो अन्तर्राष्ट्रिय अपराजित यात्राको रेकर्ड भने ब्राजिल र स्पेनका टोलीको नाममा छ । १९९३ देखि ९६ सम्म ब्राजिल र २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित रहेको रेकर्ड छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।