शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बेल्जियमलाई २–१ ले हराउँदै इटली सेमिफाइनलमा


  • शनिबार, असार १९ २०७८
9.6K
SHARES

युराे २०२०

फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटलीले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले उच्च स्तरको प्रदर्शन गरेका थिए । बेल्जियमका तीनजना खेलाडीलाई डिबक्सभित्रै छक्याउँदै निकोलो बरेल्लाले गरेको प्रहारले खेलेको ३१ औं मिनेटमा जाली चुमेको थियो ।

खेलेको ४४ औं मिनेटमा इटलीले अग्रता दोब्बर पा¥यो ।  लोरेन्जो इन्सिग्नेले खेलको ४४ आंै मिनेटमा डिबक्स नजिकैबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफको अन्त्यमा जियोभानी डि लोरेन्जोले जेरेमी डोकुलाई फल गरेपछि बेल्जियमले पेनाल्टी प्रहारको मौका पाएको थियो, जसमा रोमेलु लुकाकुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गर्ने अवसरहरु सिर्जना गरेका थिए । तर, थप गोल हुन सकेन र इटली सेमिफाइनल पुग्यो ।

यस जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटलीको अपराजित यात्रा ३२ औं खेलमा पुगेको छ, जसमध्ये पछिल्ला १३ खेलमा उसले लगातार जित हासिल गरेको छ । युरोकपको सेमिफाइनलमा अब इटलीले स्पेनको सामना गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा