शनिबार, साउन ३० २०८३
ताजा अपडेट

खेल अतिरिक्त समयमा धकेलियो, स्पेनले रोक्न सक्ला स्वीट्जरल्याण्डलाई ?


  • शुक्रबार, असार १८ २०७८
13.5K
SHARES

युराे २०२०

युरो २०२० अन्तर्गत भएको पहिलो क्वाटरफाइनल खेलमा स्पेन र स्वीट्जरल्याण्ड निर्धारित समयमा बराबरी गोल भए पछि खेल अतिरिक्त समयमा धकेलिएको छ ।
पहिलो हाफमा स्पेनले १ गोलको अग्रता लिएको थियो । दोश्रो हाफको खेलमा भने स्वीट्जरल्याण्डका खेलाडीले गोल फर्काएका छन् ।
दोश्रो हाफ निकै नै रोमाञ्चक बनेको थियो । आवेगमा रहेको स्विट्जरल्याण्डलाई रोक्न नसक्दा स्पेन बराबरीमा रोकिन पुगेको छ ।


खेलको ६८औँ मिनेटमा स्वीट्जरल्याण्डका लागि क्याप्टेन सिर्डन शाक्विरीले गोल गर्दै बराबरी बनाएका हुन् ।
यस्तै स्वीट्जरल्याण्डका रेमो फ्रिउलरले ७७औँ मिनेटमा विपक्षी खेलाडीलाई फल बनाए पछि रातो कार्ड खाँदै मैदान बाहिरिएका छन् ।
१० खेलाडीमा सिमित बनेको स्वीट्जरल्याण्डलाई स्पेनले कत्तिको रोक्न सक्छ ? अतिरिक्त समयमा हेर्न बाकी छ । अतिरिक्त समयको खेल केही बेरमा सुरु हुँदैछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा