शनिबार, साउन ३० २०८३
ताजा अपडेट

युरोकपको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने


  • बुधबार, असार १६ २०७८
14.2K
SHARES

युरोकप फुटबल

युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्वीडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।

साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार मानिएका टिम प्रि-क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

अन्तिम आठको खेलहरु शुक्रबार शुरु हुनेछ ।

कसको कोसँग भिडन्त ?

शुक्रबार राति ९:४५ बजे – स्वीट्जरल्यान्डविरुद्ध स्पेन

शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली

शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क

शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा