शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा


  • मंगलबार, असार १५ २०७८
11.8K
SHARES

फाईल तस्बिर

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो ।

लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलको इग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वार्टरोफाइनलमा प्रवेशमा गरेको हो ।

पहिलो हाफ बराबरिमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले २ गोल गर्न सफल भएको हो । पराजित जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

जर्मनी भने समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा