कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गरेको छ ।
यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ ।
अर्जेन्टिनाले अब क्वाटरफाइनलमा समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ ।
ब्राजिलको एरेना पान्तानालमा भएको खेलमा मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । बोलिभियासँग मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान समेत बनाए ।
बोलिभियाविरुद्ध मेसीले सर्वाधिक १४८औं खेल खेलेका हुन् । सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक ७५ गोलसमेत गरेका छन् ।
यसअघि उनले ज्याभिएर मास्केरानोसंगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।