शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा फ्रान्स बाहिरियो, स्विट्जरल्याण्ड क्वाटरफाइनलमा


  • मंगलबार, असार १५ २०७८
10.3K
SHARES

फाइल तस्विर

विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिएको छ । स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा प्रिक्वाटरफाइनलमा सकिएको हो ।

केलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भयो । उता स्विट्जरल्याण्ड् भने ऐतिहासिक जितसहित पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डले ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो पहिलो पटक हो।

रोमानियामा सोमबार राति भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ स्वीट्जरल्यान्डले बाजी मार्‍यो ।

पेनाल्टीमा स्विट्जरल्याण्डा गोलकिपर यान सोमेरले फ्रान्सका एमबाप्पो प्रहार रोक्दै जित दिलाए । फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । एमबाप्पे भने पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।

उता स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन सार, म्यानुएल अकान्जी, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

त्यसअघि निर्धारित समयमा पनि स्वीस टोलीले नै पहिलो अग्रता लिएको थियो । खेलको १५औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा पाएको थियो तर रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न नसक्दा स्विट्जरलयाण्डले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । उनको पेनाल्टी प्रहार फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिसले बचाए ।

करिमब बेन्जामा दुई मिनेट अन्तरमा दुई गोल गरेपछि फ्रान्सले अग्रता लियो । बेन्जामाले ५७औं मिनेटमा बराबरी गोल गरे भने ५९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । यस युरोमा बेन्जामाले व्यक्तिगत चार गोल गरे ।

त्यसपछि खेलको ७५औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए । दुई गोलको अग्रतापछि फ्रान्स जितनजिक थियो । तर ८१औं मिनेटमा सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकियो । थप गरिएको ३० मिनेटमा कुनै गोल नभएपछि यस संस्करणमा पहिलो पटक खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

जहाँ स्वीस गोलकिपर यान सोमेर नायक बने । एमबाप्पेको पेनाल्टी प्रहार रोक्दै उनले स्विट्जरल्याण्डलाई ऐतिहासिक जित दिलाउन मद्दत गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा