१६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेर गरेको छ ।
आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।
खेलको ६८ औँ मिनेटमा थोमस होलेसले हेडिङमार्फत गोल गर्दै १-० को अग्रता बनाएका थिए । त्यसैगरी खेलको ८०औँ मिनेटमा १० नम्बरका खेलाडीले गोल गर्दै चेक रिपब्लिकका लागि २-० को अग्रता बनाउँदै जित सुनिश्चित बनाएका थिए ।
अब चेक रिपब्लिकले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ। डेनमार्क वेल्सलाई ४-० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
नेदरल्याण्डका एक खेलाडीले रेड कार्ड पाएसँगै १० खेलाडीमा सीमित बनेको उसले गोलको अवसर पाए पनि गोल गर्न सकेन ।
समूह चरणमा सबै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको नेदरल्याण्डले यात्रा अन्तम १६ मै टुंगिएको छ । समूह चरणमा चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।