शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

युरो २०२०: नकआउट चरण आजदेखि


  • शनिबार, असार १२ २०७८
10.3K
SHARES

फाइल तस्विर

युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।

सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । बाँकी ८ टोली भने समूह चरणबाटै बाहिरिसकेका छन् ।

पहिलो चरणको समूह एबाट इटाली, वेल्स र स्वीट्जरल्यान्डले नकआउटमा स्थान बनाएका छन् । त्यस्तै, समूह बीबाट बेल्जियम र डेनमार्क तथा सीबाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले नकआउटमा स्थान बनाउँदा समूह डीबाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् ।

समूह ईबाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् ।

क्वार्टरफाइनल प्रवेशका लागि शनिबार राति हुने खेलमा ९:४५ बजे वेल्स र डेनमार्क भिड्ने छन् । त्यस्तै, राति १२:४५ मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।

आइतबार राति नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जिम र पोर्चुगल भिड्नेछन् । सोमबार राति भने क्रोएसिया र स्पेन तथा फ्रान्स र स्वीट्जरल्यान्ड भिड्नेछन् ।

मंगलबार राति भने इङ्ल्यान्ड जर्मनी तथा स्वीडेन र युक्रेन भिडेसँगै क्वार्टरफाइनल समीकरण सकिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा