इटालियन क्लब युभेन्टसका फरवार्ड स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोवर्स पुगेको छ ।
रोनाल्डो ५०० मिलियन फलोवर्स पुग्ने पहिलो खेलाडी बनेका छन् । सामाजिक सञ्जालमा कुनै पनि खेलाडीको यस अघि ५०० मिलियन फलोवर्स पुगेको थिएन ।
रोनाल्डोको सर्वाधिक धेरै फलोवर्स इन्स्टाग्राममा रहेको छ । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ ।
यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोवर्स रहेको छ । ट्वीटरमा उनको फलोवर्स ९१ मिलियन रहेको छ ।
-एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।