जारी युरोकप फुटबलमा स्वीडेनले पहिलो जित निकालेको छ ।
समूह चरणको दोस्रो खेलमा शुक्रबार राति स्लोभाकियालाई १-० गोलले हराउँदै स्वीडेनले पहिलो जित निकालेको हो ।
स्वीडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औँ मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।
जितसँगै समूह ‘ई’ मा रहेको स्वीडेनले २ खेलमा ४ अंक जोडेको छ । स्वीडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ ।
स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।