शनिबार, साउन ९ २०८३
ताजा अपडेट

युरोकपमा आज तीन खेल, क-कसको भिडन्त ? सूचीसहित


  • बुधबार, असार २ २०७८
15.1K
SHARES

युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् ।

आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६:४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले हराएको थियो ।

रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३-० गोलले पराजित भएको थियो ।

आजको दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र टर्कीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्वीट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

टर्की पनि पहिलो खेल जित्ने योजनामा छ । टर्की पहिलो खेलमा इटालीसँग ३-० ले हारेको थियो ।

आजको तेस्रो खेलमा इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्वीट्जरल्याण्डबीचको खेल राति १२:४५ बजे हुनेछ ।

इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा बराबरीमा रोकिएको स्वीट्जरल्याण्ड आज पहिलो जित निकाल्ने योजनामा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा