शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मेस्सीको गोलमा अर्जेन्टिनाको बराबरी


  • मंगलबार, असार १ २०७८
12.9K
SHARES

फाइल तस्बिर

कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।

ब्राजिलमा जारी खेल अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा चिलीसँग १-१ गोलको बराबरीमा रोकिनु परेको हो ।

खेलको ३३औँ मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् ।

बराबरीसँगै समूह ‘ए’ मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा