स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ ।
आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक/एक गोल गरे ।
जितसँगै समूह ‘बी’ मा रहेको ब्राजिल ३ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।