शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

टोटेनहमका स्ट्राइकर ह्यारी केनले पाए गोल्डेन बुट अवार्ड


  • सोमबार, जेष्ठ १० २०७८
8.9K
SHARES

फाइल तस्विर

टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गरेबापत गोल्डेन बुट अवार्ड जितेका छन् ।

यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे ।

केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । सलाहले २२ गोल गरे ।

आइतबार राति लेष्टर सिटीमाथि ४-२ को जित निकाल्दा केनले एक गोल गरेका थिए । जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन्।

केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा