शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

साइबर हमलापछि अमेरिकी इन्धन आपूर्तिमा आपतकालको घोषणा


  • सोमबार, बैशाख २७ २०७८
15.4K
SHARES

फाइल तस्बिर

देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकी सरकारले देशभर इन्धन आपूर्तिमा आपतकालको घोषणा गरेको छ । कोरोना महामारीका कारण इन्धन आपूर्तिसम्बन्धी कम्पनीका कर्मचारीहरू घरबाटै काम गरिरहेका छन् । विश्लेषकहरू यही मौका छोपेर ह्याकरहरूले साइबर हमला गरेको विश्लेषण गर्छन् । अहिले अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइन सेवा अवरुद्ध भएको छ ।

हमला अमेरिकाको कोलोनियल पाइपलाइन नेटवर्कमा भएको हो । यो पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आउने गरेको छ । अमेरिकाको इस्ट कोस्टको राज्यमा डिजल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गरेको छ ।

पाइपलाइनमा साइबर अपराधीहरुको एक समूहले शुक्रबार हमला गरेका थिए । जसको मर्मतको काम अहिलेसम्म पनि जारी छ । आपतकालको घोषणापछि अब यहाँबाट इन्धन सप्लाई पाइपाइनको साटो सडक मार्गबाट यसको ढुवानी गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।

जानकारका अनुसार यही हमलाको कारणले सोमबारका लागि अमेरिकामा इन्धनको मूल्य २ देखि ३ प्रतिशतसम्म बढ्ने भएको छ । यसलाई तत्कालै पुरानै अवस्थामा नल्याउने हो भने यसको असर अरु व्यापक हुने जानकारहरुको भनाइ छ ।

स्रोतका अनुसार यो रेन्समवेयर हमला डार्क साइड नामको एक साइबर अपराधी गिरोहले गरेको हो । उनीहरुले बिहीबार कोलोनियल नेटवर्कबाट करिब १०० जीबी डाटा आफ्नो कब्जामा लिएका थिए । यसपछि ह्याकरहरुले केही कम्युटर र सर्वरहरुमा डाटा लक गरेर शुक्रबार यसको लागि फिरौती समेत मागेका थिए ।

यदी पैसा नदिने हो भने यो डाटालाई इन्टरनेटमा सार्वजनिक गरिदिने धम्की उनीहरुले दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कम्पनीले भने अहिले बन्द रहेको सेवा सुचारु गर्नको लागि प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागसँग सम्पर्क गरिरहेको बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा