शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मेस्सीको दुई गोलमा बार्सिलोनाको सानदार जित


  • शुक्रबार, बैशाख १० २०७८
10.4K
SHARES

फाइल तस्बिर

एजेन्सी – कप्तान लियोनेल मेस्सीको उच्च प्रदर्शनमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले हराएको हो ।

बार्सिलोनाको फराकिलो जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले एक गोल गरे । एक उपहार पाएको थियो । गेटाफेका इनेस युनालले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

क्याम्प नोउमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा बार्सिलोनाले कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले सर्जियो बुस्क्वेट्सको पासमा गोल गरेका थिए । १२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

२८औं मिनेटमा सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले अघि बढ्यो । ३३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ ले अघि बढाए । ६९औं मिनेटमा इनिस युनालले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।

८७औं मिनेटमा रोनाल्ड एराउजोले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को फराकिलो जित दिलाए । सोफियन चाक्लाले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गर्ने अवसर रहेपनि उनले ग्रिजमनलाई नै पेनाल्टी प्रहारको मौका दिएका थियो ।

यस जितसँगै बार्सिलोनाले उपाधि सम्भावनालाई जीवितै राखेको छ । बार्सिलोना ३१ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा