त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत अहिले जारी रहेको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालका ओपनर कुशल भुर्तेल फेरि एकपटक चम्केका छन् । उनले लगातार तेस्रो म्याचमा अर्धसतक पूरा गरे ।
कुशलले ४१ बलमा आफ्नो अर्धसतक पुरा गरेका हुन् । उनले १ छक्का र ६ चौका प्रहार गरेका छन् । यसअघि उनले आफ्नो डेब्यू खेलमा नेदरल्यान्ड्सविरुद्ध र दोस्रो खेलमा मलेसियाविरुद्ध अर्धसतकीय पारी खेलेका थिए ।
आज टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएका थियो । ओपनर आसिफ खान आज शून्यमै आउट भए । त्यसपछि कुशलले कप्तान ज्ञानेन्द्र मल्लसित मिलेर नेपाललको स्कोरबोर्ड उकासेका थिए ।
ज्ञानेन्द्र मल्ल १४ बलमा २० रन बनाएर आउट भए । अहिले कुशल र दिपेन्द्र क्रिजमा छन् । यो समाचार लेख्दासम्म नेपालले १३ दशमलब २ ओभरमा २ विकेट गुमाएर ११७. रन बनाएको छ ।
अन्तर्राष्ट्रिय टी-२० मा लगातार अर्धशतकको रेकर्ड न्यूजिल्याण्डका ब्रान्डन म्याकुलम र वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । उनीहरुले लगातार ४ अर्धसतक हानेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।