थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गतको खेलमा मलेसियाले नेपाललाई १ सय १० रनको लक्ष्य दिएको छ ।
कीतिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको हो ।
उसका लागि सेद अजिजले २७, सार्भिन मुनिएन्डीले २० र साफिक सारिफले १५ रन बाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले समान एक–एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दा आइतबार नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो ।
डबल राउण्ड रोबिनको आधारमा भएको प्रतिस्पर्धामा अंकतालिकाका शीर्ष दुई टोलीले आगामी शनिबार फाइनल खेल्नेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।