शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आईपीएल आजबाट सुरु हुँदै


  • शुक्रबार, चैत्र २७ २०७७
17.1K
SHARES

२७ चैत, काठमाडौं ।

कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ ।

शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले आईपीएल क्रिकेट प्रतियोगिता आयोजना हुने कि नहुने भन्ने अन्यौल थियो । प्रतियोगिताका खेल खेलाइने ६ शहरहरुमध्ये धेरैजसो कोरोना संक्रमणको चपेटामा परेका छन् ।

यद्यपि आईपीएल सुरक्षित रुपमा खेलाउन आवश्यक सबै तयारी गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।

गत वर्ष आईपीएलको तेह्रौं संस्करण दुबईमा आयोजना गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा