विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् ।
उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो । यद्यपि उनी अझै केही दिन होम क्वारेन्टिमा बस्ने छन् ।
२७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए ।
अस्पतालबाट डिस्चार्ज भएपछि सचिनले आफ्ना शुभेच्छुक र उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार प्रकट गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।