शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कपन स्पोर्टस सेन्टरबाट प्रिति राई सम्मानित


  • सोमबार, फाल्गुन २४ २०७७
12.4K
SHARES

काठमाडौँ ।
१११ औं अन्तराष्टिय महिला दिवसको अवसर पारेर काठमाडौंको कप अन स्पोर्टस सेन्टरले युवा महिला खेलाडी प्रिती राईलाई सम्मान गरेका छ ।
नगद पाँच हजार सहित सम्मान–पत्रबाट राईलाई आज सम्मान गरिएको हो ।
स्पोर्टस सेन्टरको परिसरमा आयोजित कार्यक्रममा राईलाई सेन्टरका अध्यक्ष नविन पाण्डे, टर्किस एरलायन्सका प्रमुख कार्यकारी अब्दुल्लाह तथा फुटबल प्रशिक्षक समेतले सम्मानित गरेका थिए ।

कार्यक्रमा कप अन स्पोर्टस सेन्टरका कार्यकारी प्रमुख अधिकृत बद्रि भट्टराईले बुढानिलकण्ठ भित्रका धेरै प्रतिभाहरु मध्येका एक प्रिती राईलाई केहि दिन अघि सम्पन्न उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको र युवा खेलाडीका रुपमा उनको खेलकौशलको सम्मान गर्दे नारी दिवसको अवसरमा उनलाई कदर गरिएको बताए ।

स्र्पोटस सेन्टरका अध्यक्ष तथा फुटबल विश्लेषक नविन पाण्डेले खेलाडीहरुको उर्जालाई कायम गराईराख्न यस्ता प्रोत्साहन कार्यहरु गरिराख्नु पर्ने बताए । सम्मान कार्यक्रममा सेन्टरका सञ्चालक एवम् न्यु मिलिनियम कलेजका डाइरेक्टर दिपकराज जोशी, अन्तराष्ट्रिय ह्याण्डबल खेलाडी अािशष अधिकारी सञ्चालक निरन्जन खड्का लगायत नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरुको समेत उपस्थित रहेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा