चेल्सी इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ।सोमबार भएको खेलमा न्युकासल युनाइटेडमाथि २-० को जित निकाल्दै चेल्सी चौथो स्थानमा पुगेको हो।
चेल्सीको जितमा ओलिभर जिरुडले ३१ मिनेटमा पहिलो गोल गरे। ३९ मिनेटमा टिमो वेर्नरले अग्रता दोब्बर पारे। यता लिगको अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले सेफिल्ड युनाइटेडमाथि ३-० गोलले पराजित गरेको छ।
चौथो स्थानमा पुगेको चेल्सीले २४ खेलबाट ४२ अंक जोडेको छ। पाँचौ स्थानमा रहेको वेस्ट ह्यामको पनि ४२ अंक नै छ।
शीर्ष स्थानो म्यानचेस्टर सिटीको २३ खेलबाट ५३ अंक छ।
दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २४ खेलबाट ४६ अंक छ।
लेस्टरको २४ खेलबाट ४२ अंक रहेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।