शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

महिलाका कारण टोकियो ओलम्पिकका प्रमुखले दिए राजीनामा


  • शुक्रबार, माघ ३० २०७७
12.2K
SHARES

फाईल तस्बिर

जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् ।
महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले राजीनामा दिएका हुन् ।

जापानका पूर्व प्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका थिए । उनले बैठकमा आफूले ती महिलाप्रति व्यक्त गरेका शब्दका कारण तनावको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताएका थिएन ।

उनले महिलाकै कारण आफूले राजीनामा दिनुपरेकाे बताउँदै भनेका थिए, ‘महिलामा एक प्रकारको इर्ष्या  हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन् ।’

मोरीले आफूले बोलेका कुराप्रति क्षमा मागे पनि उनकाे बोली र व्यवहार विरुद्ध निरन्तर आलोचना भइरहेको छ ।

मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । अब मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्त गर्ने प्रचार गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा