शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

आइपीएल अक्सनमा सन्दीप मात्र छानिए, न्यूनतम मूल्य ४० लाख भारु


  • शुक्रबार, माघ ३० २०७७
12.8K
SHARES

फाईल तस्बिर

भारतको  फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन्।

आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप मात्र अटाएका हुन्।

अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले पठाएको सूचीमा सन्दीपसँगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनाश बोहोरा गरी ८ खेलाडी थिए।

तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन्। अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ।

लेग स्पिनर सन्दीपले यसअघि तीन सिजन आईपीएल खेलिसकेका छन्। तर, दिल्ली क्यापिटल्सले सन्दीपलाई यस सिजन रिलिज गरेको थियो।​ सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए। आईपीएलको अक्सन फेब्रुअरी १८ मा चेन्नेइमा हुनेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा