शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

यो त सुरुआत मात्र हो: मौरिसियो पोचिटिनो


  • शुक्रबार, माघ २ २०७७
14.7K
SHARES

तस्विरः एजेन्सी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का नवनियुक्त प्रशिक्षक मौरिसियो पोचिटिनोले पेरिस क्लबबाट पहिलो उपाधि जिते । बुधबार राति मार्सेलीलाई २–१ गोलले हराउँदै पिएसजीले सिजनको पहिलो उपाधि जितेको थियो ।

लेन्सस्थित स्टेड बोलार्टमा भएको फाइनल खेलमा पिएसजीलाई जिताउन माउरो इकार्डी र नेयमारले समान एक–एक गोल गरे । मार्सेइलीका ड्रिमिट्री पायटले एक गोल फर्काए । जितसँगै पिएसजीले कीर्तिमान दस पटक फ्रेन्च कपको उपाधि जितेको हो ।

तस्विरः एजेन्सी

पिएसजीको प्रशिक्षकमा नियुक्त भएको दस दिनमा नै उनले उपाधि जितेका हुन् । मौरिसियोले उपाधि जितेपछि यो त सुरुआत मात्र भएको बताए ।

‘कोच बनेको दस दिनमा र तीन खेलमै खास प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि जितेँ । यो जित धेरै नै महत्त्वपूर्ण रह्यो’, खेलपछि पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘यो त सुरुआत मात्र हो, विस्तारै–विस्तारै टोलीले सबै कुरा जित्दै जानेछ । म दुई सातादेखि यहाँ छु र हामीले धेरै नै तयारी गरेका छौं । हामी समयमा र काममा विश्वास राख्छौं ।’

फ्रेन्च लिग वान र कोपा डी फ्रान्सका विजेता टोलीले ट्रफी डेस च्याम्पियनको उपाधिका खेल्ने गर्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा