शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बैशाख ६ गते बुधबार (अप्रिल १९ तारिख) को राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !


  • मंगलबार, बैशाख ५ २०८०
141.7K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४५ बि.स.२०८० बैशाख ६ गते बुधबार (इश्वी सन २०२३ अप्रिल १९ तारिख) वैशाख कृष्णपक्ष चतुर्दशी तिथी रेवती नक्षत्र वैधृती याेग चतुष्पद करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा उत्पात याेग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु दर्शश्राद्ध निशि बार्ने ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको प्रभाव बढ्नेछ । पारिवारिक सहयोग पाउनु हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो समय रहेको छ । मनोरञ्जन क्षेत्रमा बढि समय व्यतित हुनेछ । नयाँ कार्यको थालनि गर्ने अवसर आउनेछ । साझेदारी काममा विशेष ख्याल गर्नु होला । आम्दानी बढ्ने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निर्णय गर्ने क्षमतामा कमि आउने छ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारमा सामान्य मनमुटाब आउन सक्दछ । गरिरहेको कार्यमा सामान्य झण्झट आउन सक्दछ । मान्यजनको सहयोगबाट काम बन्ने योग रहेको छ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटबाट राम्रो काम बन्नेछ । स्वास्थ्यमा सामान्य आउन सक्दछ । विश्वास गरेका व्यक्तिहरुबाट धोका हुन सक्दछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक अभाव झेल्नु पर्ने हुन सक्दछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । यात्रा गर्ने अवसर आउनेछ । काम गर्ने क्रममा दबावको महसुस हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा राम्रो रहेको छ । नजिकका साथीभाईले धोका दिन सक्दछन् । प्रतिस्पर्धात्म क्रियाकलापमा हार व्यहोर्नु पर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । तत्कालिन आर्थीक अभाबको सामना गर्नु पर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरुका कारण गरेको काममा अपजस आउन सक्दछ विशेष सजग रहुन होला । नसोचेको क्षेत्रमा आकस्मिक खर्च बढ्ने र मनमा खिन्नता आउन सक्दछ । साथीभाईहरुबाट टाढा हुनु पर्नेछ । बोली प्रभाव बढ्नेछ । निर्णय गर्ने क्षमताको बृद्धि हुनेछ । मान्यजनहरुको सहयोगबाट काम बन्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा